घट्यो सुन र चाँदीको मूल्य

काठमाडौं । सोमबार सुन र चाँदीको मूल्यमा थोरै गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रति तोला एक लाख ६० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । आइतबारको तुलनामा सोमबार छापावाल सुन प्रति तोला एक सय रुपैयाँले घटेको हो ।

यस्तै चाँदी प्रति तोला पाँच रुपैयाँले घटेको छ । आज चाँदी प्रति तोला एक हजार ९४० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार