काठमाडौं । आज सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रति तोला एक लाख ६१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार छापावाल सुन प्रति तोला एक लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । बिहीबारको तुलनामा शुक्रबार छापावाल सुन चारसय रुपैयाँले बढेको छ ।
चाँदी प्रति तोला १५३० रुपैयाँले बढेको छ । आज चाँदी प्रति तोला एक हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ ।