एनपीएल: तीन खेलाडी १५ लाखमा बिके

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनमा तीन खेलाडी अधिकतम मूल्य १५ लाख रुपैयाँमा बिक्री भएका छन् । ए क्याटगरीमा रहेका सुुर्य तामाङ, लोकेश बम र ललित राजवंशी १५ लाख रुपैयाँमा बिक्री भएका हुन् ।

राजवंशीलाई जनकपुर बुर्स, सुुर्य तामाङलाई लुम्बिनी लायन्स र लोकेश बमलाई विराटनगर किंग्सले किनेका हुन् । ए क्याटगरीमा रहेका रिजन ढकाललाई सुरुवाती मूल्य १० लाख रुपैयाँमा चितवन राइनोले किनेको छ ।

सुुभास भण्डारी २ लाख ५० हजार विराटनगर किंग्स, आशुुतोष घिरौरिया १० लाख लुम्बिनी लायन्स, भोजराज भट्ट ४ लाख ५० सुदुरपश्चिम रोयल्स, नरेन भट्ट २ लाख विराटनगर किंग्स, बिपिन रावल ८ लाख चितवन राइनोज, दिनेश कडेल २ लाख पोखरा एभेन्जर्स, अरनिको यादव २ लाख २५ हजार जनकपुर बोल्ट्स रदिपेन्द्र रावत ३ लाख रुपैयामा कर्णाली याक्सले किनेका हुन् ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार