सरकारले फलफुल तथा तरकारीको मूल्य निर्धारण गर्ने

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले काठमाडौंको कालिमाटी, कुलेश्वर र बल्खुस्थित तरकारी तथा फलफूल बजारको अनुगमन गरेका छन् ।

आईतवार अपरान्ह सम्बन्धित निकायसँग सो तरकारी तथा फलफूल बजारको अनुगमनमा पुगेका हुन् । बजारमा तरकारी तथा फलफूलको मूल्य आकाशीयपछि मन्त्री भण्डारी अनुगमनको गरेका हुन् । उनले सम्बन्धित पक्षसँग छलफल गरेर सरकारले तरकारी तथा फलफूलको बजार मूल्य निर्धारण गर्ने पनि बताए  ।
मन्त्री भण्डारीले भनेतरकारी  बजारको अहिले हामी अनुगमनको क्रममा छौं । सम्बन्धित अधिकारीहरु हुनुहुन्छ । उहाँहरुले हेर्नुहुन्छ । उहाँहरुसँग हामीले पछिल्लो खरिदमूल्य कति छ, किसानहरुले कति प्राईसमा विक्रीवितरण गरेका छन् ? अभाव छ, छैन ? यी सबै कुराहरु हेरेर हामी  बजार मूल्य तोक्छौं ।’ 

यसैबीच उपभोक्ताहरुले पनि तरकारी तथा फलफूलको मूल्य दशाँै गुणा बढाएको भन्दै व्यापारीमाथि  कारबाही गर्न मन्त्री भण्डारीको ध्यानाकर्षण गराएका थिए । —न्युज एजेन्सी नेपाल

 

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार