दुई जलबिधुत कम्पनीलाई स्थानीयलाई आइपिओ निष्कासन गर्न पाए अनुमति


इक्विटी नेपाल – काठमाडौँ :
धितोपत्र बोर्डले दुई जलबिधुत कम्पनीलाई आइपिओ निष्कासन गर्न चैत्र २८ गते अनुमति दिएको छ। अनुमति पाउने कम्पनीहरूमा जोशी हाइड्रोपावर डेभलप्मेन्ट कम्पनी लिमिटेड र शुभम् पावर लिमिटेड रहेका छन्। यी दुवै कम्पनीहरूलाई पहिलो चरणमा आयोजना प्रभावित स्थानीयलाई आइपिओ निष्कासन गर्न अनुमति दिएको हो। 
जोशी हाइड्रोपावर डेभलप्मेंट कम्पनी लिमिटेडले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयलाई ३ लाख ७१ हजार ४ सय कित्ता शेयर निष्कासन गर्न अनुमति पाएको हो। यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ। इक्रा नेपालले कम्पनीले निष्कासन गर्न आइपिओका लागि ग्रेड ५ प्ल्स रेटिङ प्रदान गरेको छ ।
कम्पनीले वि.स २०७१ माघ १ गतेदेखि संखुवासभामा ३ मेगावाट क्षमताको माथिल्लो पुवा आयोजना निर्माण सम्पन्न गरी व्यावसायिक विधुत उत्पादन थालेको छ। साथै पहिलो चरणमा सम्पूर्ण शेयर बिक्री भएमा कम्पनीले दोस्रो चरणमा सर्वसाधारण र कर्मचारीलाई गरी कुल पुँजीको ३९ प्रतिशतले हुन आउने १४ लाख ४८ हजार ४ सय ६० कित्ता शेयर जारी गर्ने छ। 
शुभम् पावर लिमिटेडले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयलाई २ करोड बराबरको २ लाख कित्ता शेयर निष्कासन गर्न अनुमति पाएको हो। यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकमा सीबिआईएल क्यापिटल लिमिटेड रहेको छ। इक्रा नेपालले कम्पनीले निष्कासन गर्न आइपिओका लागि ग्रेड ५ प्ल्स रेटिङ प्रदान गरेको छ ।
कम्पनीले वि.स २०६८ असार २७ गतेदेखि संखुवासभामा ९९० किलोवाट क्षमताकोतल्लो पिलुवाखोला आयोजना निर्माण सम्पन्न गरी व्यावसायिक विधुत उत्पादन थालेको छ। साथै पहिलो चरणमा सम्पूर्ण शेयर बिक्री भएमा कम्पनीले दोस्रो चरणमा सर्वसाधारण र कर्मचारीलाई गरी कुल पुँजीको २० प्रतिशतले हुन आउने ४ लाख कित्ता शेयर जारी गर्ने छ।
Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार