सहकारी गीत सिर्जना गर्नेलाई ५० हजार पुरस्कार

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सहकारी सम्वन्धित गीत (गान) निर्माण गरिदिन सार्वजनिक रुपमा आग्रह गरेको छ । महासंघले ३५ दिनको समय सीमा भित्र सहकारी सम्वन्धित गीत रचना गर्नुपर्ने बताएको हो ।

इच्छुक व्यक्तिहरुले मुलुकमा सहकारी अभियानको योगदान र अपरिहार्यतालाई सम्बोधन गर्ने गरी सहकारी गीत तयार गर्नुपर्ने छ ।

सहकारी गीत तयार गर्दा मुलुकको सामाजिक, साँस्कृतिक, लैङ्गिक, आर्थिक रुपान्तरणमा सहकारी अभियानले पुर्याएको योगदान र अर्थतन्त्र एवं समुदायमा सहकारीको महत्व झल्कने हुनुपर्ने महासंघले जनाएको छ ।

सहकारी गीत ४५ देखि ६० शब्द तथा वढिमा ८ देखि १० हरफको हुनुपर्ने जनाएको । साथै सहकारी गान नेपाली भाषामा रचना गरिएको हुनुपर्नेछ र सहज ढगंले बोध गर्न सकिने हुनुपर्ने समेत महासंघले जनाएको छ।

छनोट भएको रचनालाई राष्ट्रिय सहकारी महासंघले पुरस्कार स्वरूप नगद ५० हजार रुपैयाँ प्रदान गर्नेछ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार