RE
Global College

दशैं बिदा पछि राजस्व बुझाउन सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैंको दुई दिन अर्थात् असोज २९ र ३० गते बैंक तथा वित्तीय संस्थाहरु खुल्ने बताएको छ । राजस्व बुझाउन वर्षभरि नै खुला गर्ने भनिए पनि दसैंको अवसरमा भने दुई दिन बिदा हुने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले दुई दिन खुला गर्न भने पनि कार्यालय र शाखा कार्यालय पूर्णकालीन रुपमा खुल्ला गरी सञ्चालन गर्न अनिवार्य नहुने व्यवस्था गरेको बताएको छ । यसअघि राष्ट्र बैंकले असोज, पुस, चैत र असार महिनाको अन्तिम साता २५ गते र सो पछि मसान्तसम्म शनिबार लगायतका जुनसुकै सार्वजनिक बिदा परे पनि राजस्व बुझने प्रयोजनका लागि राष्ट्र बैंक लगायत बैंकहरु, चेक क्यिारिङ गर्ने प्रयोजनका लागि बैंक तथा वित्तीय संस्था एवम् नेपाल क्लियरिङ हाउस पूर्णकालीन रुपमा खुला गर्ने बताएको थियो ।

सच्याईएको

NECO

Leave Your Comment

Related News