कात्तिक पहिलो साता भित्र डेडिकेटेड ट्रङ्कलाइन बक्यौता बुझाउन उद्योगलाई प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रङ्कलाइनबाट विद्युत् उपभोग गरेका उद्योगलाई पुन बक्यौता रकम बुझाउन अनुरोध गरेको छ ।

४९ उद्योगको सूची सार्वजनिक गर्दै आउँदो कात्तिक ८ गतेभित्र बक्यौता रकम बुझाउन भनेको हो ।

तोकिएको समय अवधिभित्र महसुल नबुझाएमा कानुन बमोजिम असुल गर्ने प्राधिकरणले जनाएको छ ।  प्राधिकरणले सार्वजनिक सूचना निकालेर २०७२ माघदेखि २०७५ वैशाखसम्मको बक्यौता रकम तिर्न ४९ वटा उद्योगलाई पुनः ताकेता गरेको हो ।

यसअघि पनि प्राधिकरणले बक्यौता तिर्न अनुरोध गरेको थियो । तर, केही उद्योगीले आफूले प्रयोग नगरेको महसुलको बलि आएको भन्दै तिर्न अटेरी गर्दै आएका छन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार