CLI

५७ हिमालको आरोहण खुला गरेका

काठमाडौं । सर्वोच्च अदालतले हिमाल आरोहणमा नियन्त्रण गर्न भन्दै सरकारका नाममा परमादेश जारी गरेका बेला सरकारले भने थप हिमाल आरोहणका लागि खुला गरेको छ।

असोज २१ मा बसेको मन्त्रिपरिषद् बैठकले ५७ हिमाल आरोहणका लागि खुला गर्ने निर्णय गरेपछि अब नेपालका ४ सय ६१ हिमाल आरोहण गर्न मिल्ने भएको छ।

मन्त्रिपरिषद्ले पूर्वको ताप्लेजुङदेखि पश्चिमको हुम्लासम्मका ५ हजार ८ सयदेखि ७ हजार मिटरसम्म ५७ उचाइका ५७ हिमाल खुला गर्दा ४६ वटा चीनसँग सीमा जोडिएका छन्। दुईवटा भारतको सीमा क्षेत्रसँग जोडिएका छन्। नेपाली भूमिमा मात्र अवस्थित रहेका ९ वटा छन्।
थप हिमाल आरोहणका लागि खुला गरे पर्यटन पर्वर्धनमा सहयोग पुग्ने पर्यटन विभागका महानिर्देशक डा नारायणप्रसाद रेग्मीको भनाइ छ। पर्वतारोहीहरु नयाँनयाँ हिमाल चढ्न रुचाउने भएकाले सरकारको यो निर्णय नेपालको पर्वतीय पर्यटनमा कोशेढुंगा बन्ने उनको दाबी छ।

Leave Your Comment

Related News