दशैंमा तीन कम्पनीले विक्रीमा ल्याए ७ लाख कित्ता शेयर

काठमाडौं । दशैंमा तीन कम्पनीले ७ लाख ३८ हजार ४५ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएका छन् ।

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले ३ लाख ४४ हजार कित्ता, युनाइटेड अजोड इन्स्योरेन्सले ३ लाख ७४ हजार ४५ कित्ता र समता घरेलु लघुवित्तले २० हजार कित्ता संस्थापक शेयर विक्रीमा ल्याएका हुन् ।

असोज २४ गते ३५ दिने सूचना जारी गर्दै यी कम्पनीले इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवेदन पेश गर्न सक्ने जानकारी दिएका हुन् ।

यी तीन कम्पनीहरुमध्ये युनाइटेड अजोड इन्स्योरेन्सले शेयरको मूल्य प्रतिकित्ता ३०० रुपैयाँ तोकेको छ । अन्य कम्पनीले भने विक्रेताले तोकेबमोजिम शेयर मूल्य कायम हुने बताएका छन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार