काठमाडौं । नेपाल उद्योग परिसंघले हालैको अविरल वर्षापछिको बाढी–पहिरो प्रभावितलाई राहत वितरण गरेको छ ।
परिसंघले ललितपुर महाँकाल गाउँपालिका–६ ठूलादुर्लुङका १ सय र गोदावरी गनरपालिका–७ का १ सय घर परिवारलाई खाद्य सामग्री उपलब्ध गराएको हो ।
परिसंघ अध्यक्ष राजेशकुमार अग्रवालले बुधबार ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) तुलसीबहादुर श्रेष्ठमार्फत २ सय घर परिवारका लागि राहत सामग्री प्रदान गरे ।
सीडीओ श्रेष्ठले परिसंघबाट प्राप्त राहत सामग्री महाकाँल गाउँपालिकाका उपाध्यक्ष डोल्मामाया गोले र गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्कालाई उपलब्ध गराए ।
श्रेष्ठले ललितपुरका यी विकट क्षेत्रका स्थानीयका लागि राहत सामग्री उपलब्ध गराएकोमा परिसंघलाई धन्यवाद दिए ।