काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको महामन्त्रीमा भुपदेव साह मनोनित भएका छन् । आज बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले उनलाई महामन्त्रीमा मनोनित गरेको हो । पार्टी सभापति रवि लामिछानेको प्रस्तावलाई केन्द्रीय समितिले अनुमोदन गरेको हो । उनि हालका प्रधानमन्त्री बालेन्द्र शाह काठमाण्डौ महानगरको मेयर हुँदा उनको स्वकिय सचिव रहेका थिए । गत फागुन २१ मा भएको संसदीय निर्वाचनमा उनी अछामबाट प्रतिस्पर्धा गरेपनि उनी निर्वाचित हुन सकेनन्।
त्यसैगरि रास्वपाको वैठकले केन्द्रीय सचिवालय सदस्यमा सागर ढकाल र सरिता श्री ज्ञवाली मनिनित भएका छन् । सभापति रबि लामिछानेले लगरेको प्रस्ताव केन्द्रीय समितिबाट अनुमोदन गरेको हो । सविवालयमा मनोनित २ जनामा सागर ढकाल गुल्मी २ बाट निर्बाचित सांसद हुन भने सरिता श्री रविसँगै ग्यालेक्सी टिभिमा कलाम गरेकी थिइन सोही बेला देखि उनी रास्वपामा सक्रिय रहेकी थिइन।


