बुधबार यी हुन् २० सर्वाधिक कारोबार गर्ने कम्पनी

काठमाडौं । बुधबार नेप्से परिसूचक ४३.२२ अंकले बढेर २७४२.८८ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७.६८ अंकले बढेर ४९३.९८ विन्दुमा पुगेर बन्द भएको छ । नेप्से सुचकहरु फलोट इन्डेक्स र सेन्सेटिभ फलोट इन्डेक्स पनि मंगलबार बढेको हो ।

बुधबार ३२० वटा कम्पनीको १ करोड ३२ लाख २४ हजार ३२२ कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ५ अर्ब ६६ करोड २ लाख ३७ हजार रुपैयाँ रह्यो । बुधबार २०६ वटा कम्पनीको शेयर मूल्य बढ्दा ३५ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ३ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

बुधबार सबैभन्दा बढी कारोबार हुनेमा नेपाल फाइनान्स, हिमालनय रिइन्स्योरेनस, एनआइसी एशिया बैंक, गुडविल फाइनान्स र हाइड्रोइलेक्ट्रसिटी इन्भेष्टमेनट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रोमोटर रह्यो । नेपाल फाइनान्सको १५ करोड ९ लाख, हिमालनय रिइन्स्योरेनसको १५ करोड ४ लाख, एनआइसी एशिया बैंकको १४ करोड ७५ लाख, गुडविल फाइनान्सको १३ करोड २० लाख र हाइड्रोइलेक्ट्रसिटी इन्भेष्टमेनट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रोमोटरको १३ करोड १३ लाख बराबर कारोबार भयो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार