राष्ट्रपतिद्वारा भक्तपुरस्थित नवदुर्गा भगवतीको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरस्थित नवदुर्गा भगवतीको दर्शन तथा पूजाअर्चना गरेका छन् । बडा दसैँको अन्तिम दिन अर्थात् बुधबार आश्विन शुक्ल पूर्णिमाका दिन राष्ट्रपति पौडेलले त्यहाँ रहेको नवदुर्गा भगवतीको पूजाअर्चना गरेका हुन् ।

बडादसैँको अन्तिम दिन राष्ट्र प्रमुखले भक्तपुरस्थित नवदुर्गा भगवतीको पूजाअर्चना गर्ने प्रचलन छ ।

यसअघि राष्ट्रपति पौडेलले विभिन्न शक्तिपिठको दर्शन गरी पूजाअर्चना गरेका थिए । पौडेलसँग प्रथम महिला सविता पौडेल पनि सहभागी थिइन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार