बैंकिङ प्रणालीबाट १०० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि बजारबाट १ सय अर्ब रुपैयाँ खिच्न लागेको छ । आज कात्तिक १ मा सो पैसा  तान्न लागेको हो  ।

बैङ्कले अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज फेरि पैसा खिच्न लागेको हो । यसका लागि आज अपराह्न ३सम्म बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । बोलकबोल अनलाईन माध्यमबाट हुनेछ ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।ब्याजदर बोलकबोलका आधारमा तय हुने नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।  निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।

यो १३ दिने निक्षेप संकलन उपकरणको कार्तिक १४ गते साँवा तथा ब्याज भुक्तानी गर्ने राष्ट्र बैंकले निक्षेप संकलन गर्ने सुचनामा उल्लेख छ  ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार