RE
Global College

केशरमहलदेखि सञ्चयकोष भवन जाने सडक बन्द

काठमाडौं । काठमाडौंको केशरमल चोकदेखि सञ्चयकोष भवन जाने सडक बन्द गरिएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सूचना जारी गर्दै केशरमहल चोकदेखि सञ्चयकोष भवन जाने सडक बन्द गरेको जनाएको हो।

विद्युत अण्डरग्राउन्ड गरी सडक ढलान गरिएको हुँदा उक्त सडकमार्फत ठमेलतर्फ जाने सवारीसाधनलाई प्रवेशमा रोक लगाइएको हो।

कार्यालयले वैकल्पिक मार्ग केशरमहल, लैनचौर, अस्कल क्याम्पस मोड हुँदै ठमेल जान अनुरोध गरेको छ।

NECO

Leave Your Comment

Related News