सामान्य अंकले बढ्यो शेयर बजार , करोबार रकम साढे १ अर्बले बढ्यो

काठमाडौं ।  साताको अन्तिम दिन शेयर बजार सामान्य अंकले बढेको छ । बिहीबार नेप्से परिसूचक २.४७ अंकले बढेर २७४५.३६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.३१ अंकले बढेर ४९५.३० विन्दुमा पुगेर बन्द भएको छ ।

बिहीबार ३१६ वटा कम्पनीको १ करोड ८८ लाख ७ हजार ४९२ कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ७ अर्ब १९ करोड २७ लाख ९२ हजार हजार रुपैयाँ रह्यो । जुन बुधबारको तुलनामा १ अर्ब ५३ करोड २५ लाख ५५ हजार रुपैयाँले कम हो । बुधबार ५ अर्ब ६६ करोड २ लाख ३७ हजार पैयाँ बराबर करोबार रकम रहेको थियो ।

बिहीबार ८९ वटा कम्पनीको शेयर मूल्य बढ्दा १४२ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने १३ वटा कम्पनीका शेयर मूल्य स्थिर रहेको छ ।

बिहीबार १३ वटा समूह सूचकहरुमध्ये ७ वटा समूह बढ्दा ६ वटा समूह घटेको छ । बैकिङ ६, वित्त १८, लगानी ०.७७, उत्पादन र प्रशोधन १६, म्युअुचल फण्ड ०.२९, र्निजीवन बीमा ०.७५ र अन्य समूह ८ अंकले बढेको छ । त्यस्तै विकास बैंक ३५ , होटल र पर्यटन १०१, जलविद्युत ४, जीवन बीमा ३३, लघुवित्त १० र व्यापार ७८ अंकले घटेको छ ।

बिहीबार सबैभन्दा बढी कारोबार हुनेमा कुमारी बैंक, हाइड्रोइलेक्ट्रसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रमोटर,
हिमालनय रिइन्स्योरेनस, न्याङ्दी ग्रुप र गुडविल फाइनान्स रह्यो । कुमारी बैंकको ३३ करोड १३ लाख, हाइड्रोइलेक्ट्रसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रमोटरको २६ करोड ६२ लाख, हिमालनय रिइन्स्योरेन्सको २० करोड २३ लाख, न्याङ्दी ग्रुपको १८ करोड ५६ लाख र गुडविल फाइनान्सको १८ करोड ३९ लाख रुपैयाँ बराबर करोबार भयो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार