समता घरेलु लघुविले एफपीओ निष्काशनको अनुमति पायो

काठमाडौं । समता घरेलु लघुवित्तले साधारण शेयरको थप निष्काशन (एफपीओ) गर्न स्वीकृति पाएको छ । नेपाल धितोपत्र बोर्डले यो कम्पनीलाई १०० रुपैयाँ अंकित दरमा ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ बराबरको ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ निष्काशन स्वीकृति दिएको हो ।

यो कम्पनीको चुक्तापूँजी ५६ करोड ४० लाख रुपैयाँ रहेको छ । कम्पनीले सर्वसाधारणको सेयरहिस्सा चुक्तापूँजीको ३० प्रतिशत पुर्याउन एफपीओ निष्काशन गर्न लागेको हो । समता घरेलु लघुवित्तले एफपीओ निष्काशनका लागि नियामक धितोपत्र बोर्डमा २०७८ चैतमा आवेदन दिएको थियो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार