आरएसडीसी लघुवित्तको लाभांश घोषणा

काठमाडौं । आरएसडीसी लघुवित्तले लगानीकर्तालाई लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस शेयर र सोमा कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।

कुल १० प्रतिशतअन्तर्गत ९ करोड ४४ लाख ३५ हजार रुपैयाँ बराबर लाभांश कम्पनीले प्रदान गर्नेछ । यो लाभांश प्रस्ताव स्वीकृतिका लागि राष्ट्र बैंकमा पेश गरिएको कम्पनीले जनाएको छ । साथै सो स्वीकृति र आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउने छन् ।

बिहीबार बजार बन्द हुँदा यस कम्पनीको मूल्य प्रतिकित्ता ७५८ रुपैयाँ छ । ९४ लाख ४३ हजार ५११ कित्ता सेयर बजारमा सूचीकृत छ । जसमध्ये ४९ प्रतिशत शेयर सर्वसाधारणमा जारी छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार