रबि लामिछानेले आन्तरिक तयारी गरेर आधा घन्टामा आत्मसमर्पण गर्ने

काठमाडौं ।राश्वपा टोलीले केन्द्रीय अनुसन्धान ब्युरोको टोलीसँग छलफल गरेको छ । सहकारी ठगिमा गठीत संसदीय समितिले कार्वाही सिफारिस गरेपछि उनलाई पक्राउ गर्न आजै कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी पाएको थियो । पक्राउ पुर्जी पाए सँगै कास्की प्रहरीले सिआइबीलाई पक्राउ गरी पठाइदिन अनुरोध गरी पत्र पठाएको थियो ।  त्यही पत्रको आधारमा उनलाई पक्राउ गर्न टोली त्याहा पुगेको थियो ।

रास्वपा टोलीले रबि लामिछानेले  टोलीसँग आधा घन्टाको समयमा आएर आत्म समर्पण गर्ने जनाएको छ । उनलाई रास्वपा टोलीले स्थल मागर्बाट पोखरा लैजान माग गरेको छ उनी सँगै रास्वपा टोलीपनि सँगै पोखरा जाने बताएका छन् । रास्वपाले देशब्यापी प्रदर्शन र प्रतिकार गर्न सर्कुलर जारी गरेको छ । त्यहि प्रतिकार स्वरुप रास्वपाका कार्यकर्ता पार्टी कार्यलयमा जम्मा भएका छन् ।

उनीहरुको पोखरा मा जिल्ला अदालत र प्रहरी कार्यलय वरीपरी प्रदर्शन गर्ने र प्रतिकार गर्ने तयारी रहेको छ रास्वपाका सभापति राजनीतिमा आएदेखि नै बिवादमा परिरहेका छन्  । उनले पक्राउ पुर्जी जारी भएपछि लामो स्टाटस लेखेर आफु अपराधि रहेको दावी गरेका छन् । उनले आफु अपराधि नरहेको दाबी गरेर ब्यक्तिगत रुपमा आरोप लगायका छन् ।

 

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार