ट्रायल पास गरेपछि लाइसेन्स कार्ड आबश्यक नपर्ने ट्राफिक जरिवाना पनि तत्कालै तिर्न सकिने

काठमाडौं । सरकारले  सवारी चालक अनुमतिको लागि ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने व्यवस्था गरिएको छ । अबका दिनमा सबारी चालक अनुमतिको लागि ट्रायल पास गरेरपछि नागरिक एप मार्फत सम्बन्धित व्यक्तिको मोबाइलमा लाइसेन्स उपलब्ध ब्याबस्था सरकारले गरेको हो ।  सवारी चालकले सवारी नियम उल्लंघन गरेमा  ट्राफिक प्रहरीले गर्ने जरिवानाको लागि चिट काट्दा सम्बन्धित ठाउँमै डिजिटल पेमेन्ट गर्ने व्यवस्था गरिएको छ ।

यसले सवारी लाइसेन्स छपाइ नहुँदा परेको समस्या अन्त्य भएको छ भने सवारी नियम उल्लंघनमा जरिवाना तिर्दा हुने झन्झट हटेको छ । सरकारले डिजिटल लाइसेन्स र  तत्कालै ट्राफिक  जरिवाना तिर्न मिल्ने व्यावस्था आजबाट बागमती प्रदेश यातायात व्यवस्था कार्यलयबाट परीक्षणका रूपमा यो व्यवस्था सुरु हुने  गरेको हो ।

सरकारले नागरिक एपमा अरु सेवा पनि थप्ने तयारी गरिएको छ। कुनै पनि कामको लागि लाइन बस्नु पर्ने समस्याबाट मुक्त गर्ने तयारीमा  सरकार लागेको बताइएको छ । “राज्यले नागरिकलाई छिटो सेवा प्रवाहमा यसले सहयोग पुग्नेछ भन्ने हामीले आशा राखेका छौँ ।” प्रधान मन्त्री केपि शर्मा ओलीले सामाजिक सज्जाल मार्फत यस्तो ब्यबस्थ गरिएको जाकारी दिएका हुन  ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार