CLI

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका आज सम्म कायम शेयरधनीले मात्र लांभास पाउने

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। लाभांश वितरण र वार्षिक साधारणसभा प्रयोनार्थ कम्पनीले भोलि कात्तिक ५ गते बुक क्लोज गर्दैछ । भोलि बुक क्लोज हुने भएकाले  आजसम्म कायम शेयरधनीले मात्र कम्पनीको लाभांश र सभामा सहभागी हुन पाउनेछन् ।

कम्पनीले आफ्नो २७ औँ वार्षिक साधारणसभा कात्तिक १४ गतेलाई बोलाएको छ ।

कम्पनीको साधारणसभाले हाल कायम चुक्तापुँजीको ३ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.१५७ प्रतिशत नगद लाभांश अनुमोदन गर्ने पस्ताव रहेको छ ।

साधारणसभाले भाले लिखु खोला जलविद्युत आयोजनाको निर्माणका लागि बैंक तथा वित्तीय संस्थाहरुसँग गरिएको ऋण सम्झौतामा कर्पोरेट ग्यारेन्टी दिने, नियमावली तथा प्रबन्धपत्र संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्नेलगायतका प्रस्ताव पनि पारित गर्नेछ ।

 

Leave Your Comment

Related News