विराटनगरले भित्र्यायो, ओमानी कप्तान इल्यास

काठमाडौं । ओमानका कप्तान तथा अलराउन्डर अकिब इल्यासले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सबाट खेल्ने भएका छन् ।

विराटनगरले ओमानी कप्तान आफ्नो टोलीमा आबद्ध भएको सामाजिक संजाल मार्फत जनाएको छ । इल्यास विराटनगरमा अनुबन्ध भएका पहिलो विदेशी खेलाडी हुन् । एपीएलका लागि अनुबन्ध हुने भने इल्यास दोस्रा विदेशी खेलाडी हुन् । यसअघि पोखरा एभेन्जर्सले अमेरिकाका विकेटकिपर ब्याटर आन्द्रेस गौसलाई टोलीमा अनुबन्ध गराएको थियो ।

एनपीएलको नियम बमोजिम हरेक टोलीले चार विदेशी खेलाडी अनुबन्ध गर्न पाउँछन् । जसमा एक जना अनिवार्य एसोसिएट टोलीको खेलाडी हुनु पर्छ । यस्तोमा विराटनगर र पोखराले एसोसिएट टोलीका खेलाडी अनुबन्ध गरिसकेका छन् ।

इल्यासले ओमानका लागि ३२ ओडिआई तथा ५६ टि ट्वान्टी आई खेलेका छन् । उनले ओडिआई र टि ट्वान्टी आईमा गरेर २ हजार ५ सय ३४ रन बनाउनुको साथै ७० विकेट समेत लिएका छन् । विराटनगरले गत साता मात्र आयरल्यान्डका पुर्व क्रिकेटर केबिन ओ ब्राइनलाई टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।

पहिलो संस्करणको एनपीएल आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म आयोजना हुदैछ । विराटनगरको मार्की खेलाडीका रुपमा राष्ट्रिय क्रिकेट टोलीका क्रिकेटर सन्दीप लामिछाने छन् । केही साता अघि भएको एनपीएलको अक्सनबाट सहभागी हरेक टोलीले १० नेपाली खेलाडी टोलीमा भित्राएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म एनपिएल हुनेछ ।

विराटनगरको टिम

सन्दीप लामिछाने (मार्की), लोकेश बम (ए), प्रतिस जिसी (ए), बसिर अहमद (ए), राजेश पुलामी मगर (बी), जितेन्द्रकुमार मुखिया (बी), अनिल खरेल (बी), दिपक बोहोरा (बी), सुभाष भण्डारी (सी), नरेन भट्ट (सी) र मृनाल गुरुङ (सी) र अकिब इल्यास (एसोसिएट)

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार