RE
Global College

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा माछापुच्छ्रे बैंकको २५ लाख सहयोग

काठमाडौं । माछापुच्छ्रे बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख सहयोग रकम जम्मा गरेको छ।

बैंकले विगत केही समयअगाडि आएको बाढीपहिरो र डुबानबाट प्रभावित तथा पीडितहरुका लागि उक्त सहायता रकम उपलब्ध गराएको हो।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकका अध्यक्ष रोशन केसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।

उक्त कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत तथा बैंक व्यवस्थापनका उच्चपदस्थ पदाधिकारीहरुको उपस्थिति थियो।

NECO

Leave Your Comment

Related News