साउदी अरबमा नेपाली श्रमिकमाथि चरम श्रम शोषण

काठमाडौं । साउदी अरबमा नेपाली लगायतका विदेशी श्रमिकमाथि चरम श्रम शोषण भएको छ ।
ठूलो फ्रान्सेली खुद्रा व्यवसायी क्यारेफोरको स्वीकृति लिई सञ्चालित साउदी अरबका व्यापारिक स्थलहरूमा करार अनुबन्धित आप्रवासी श्रमिकहरूलाई श्रमिक भर्ती गर्ने एजेन्टहरूद्वारा ठगिएको, अत्यधिक लामो समयसम्म काममा लगाइएको, छुट्टी दिन अस्वीकार गरिएको र उनीहरूको कमाइमाथि ठगी गरिएको एम्नेस्टी इन्टरनेसनल नेपालले बताएको छ।

“म काममा जानै डराउँथे”, साउदी अरबका क्यारेफोरका कार्यस्थलहरूमा श्रम शोषण नामक एक नयाँ प्रतिवेदनमा उक्त मानवअधिकार संस्थाले श्रमिकहरूलाई कसरी फोहोरी आवासहरूमा बस्न लगाइयो र यदि अतिरिक्त समय काम गर्न गुनासो गरे वा नमाने कसरी उनीहरू कामबाट बर्खास्त हुने त्रासमा रहे भन्ने कुराको दस्तावेजिकरण गरेको छ।

काममा अनुबन्धित केही श्रमिकहरूले भोगेका दुर्व्यवहारहरू सम्भवतस् श्रम शोषणको उद्देश्यले गरिएको मानव बेचबिखन लगायत जबर्जस्ती श्रमकै तहको भएतापनि न क्यारेफोर समूह न यसको फ्रान्चाइज सञ्चालन गर्ने साझेदार माजिद अल फुट्टैमले ती दुर्व्यवहारहरू रोक्न वा श्रमिकहरूलाई उपचार प्रदान गर्न पर्याप्त कदम चाले।

“श्रमिकहरूले राम्रो जीवनको ढोका खोलिरहेको सोचेका थिए। तर यसको सट्टा धेरै जना भयावह शोषण र दुर्व्यवहारको शिकार भए। क्यारेफोरको अकर्मण्यताको अर्थ के हो भने यसले श्रमिकहरूले भोगेका यस पीडालाई रोक्न सकेन जुन पीडा केही अनुबन्धित श्रमिकहरूको हकमा सम्भवतस् मानव बेचबिखनसमेतको जबर्जस्ती श्रमको तहसम्म पुगेको हुन सक्दछ”, एम्नेस्टी इन्टरनेसनलको जलवायु, आर्थिक तथा सामाजिक न्याय र व्यवसायहरूको जवाफदेहिता कार्यक्रम निर्देशक मार्ता शाफले भनिन्।

“आफूले सञ्चालन गरेको र आफ्नो फ्रान्चाइजहरूले समेत सञ्चालन गरेको कार्यस्थलहरूमा दुर्व्यवहारहरू नहोउन् भन्ने कुरा सुनिश्चित गर्ने कुरा अन्तर्राष्ट्रिय मानवअधिकार मापदण्डहरूअन्तर्गत क्यारेफोरको स्पष्ट जिम्मेवारी भित्र पर्दछ। अब क्यारेफोर र माजिद अल फुट्टैमले प्रभावितहरूलाई तुरुन्त क्षतिपूर्ति उपलब्ध गराउने समेत कार्य गरी यी दुर्व्यवहारहरूको उपचार गर्नुपर्दछ र आफ्नो सञ्चालनमा रहेका कार्यस्थलहरूमा श्रमिकहरूलाई फेरी कहिल्यै हानि नहोस् भन्ने कुरा सुनिश्चित गर्नुपर्दछ।”

एम्नेस्टी इन्टरनेसनलको उक्त प्रतिवेदन अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को गभर्निंङ्ग निकायले ज्याला ठगी, जबर्जस्ती श्रम र ट्रेड युनियनहरूको प्रतिबन्धका सवालमा साउदी अरब सरकारविरुद्धको एक ऐतिहासिक उजुरीउपर सुनुवाइ गर्नुभन्दा ठिक दुई हप्ता अघि आएको छ। उक्त उजुरी विश्वव्यापी ट्रेड युनियन बिल्डिङ एन्ड वुड वर्कर्स इन्टरनेसनल   ले जुन २०२४ मा पेश गरेको थियो जसलाई एम्नेस्टी इन्टरनेसनल र अन्य संघ संस्थाहरूले समर्थन गरेका थिए।

साउदी अरेबियाका क्यारेफोरका सुविधाहरू र स्टोरहरू संयुक्त अरब एमिरेटमा आधारित माजिद अल फुट्टैमले फ्रान्समा मुख्यालय रहेको क्यारेफोर ग्रुपसँगको फ्रेन्चाइज सम्झौतामार्फत सञ्चालन गरेका हुन् ।क्यारेफोर ग्रुप सन् २०२४ पेरिस ओलम्पिक्सको प्रायोजक थियो र यसको वार्षिक कारोबार ९४ अर्बभन्दा बढी छ।

ठगी, अत्यधिक श्रम र न्यून पारिश्रमिक

साउदी अरबमा अमेजनका साइटहरूमा भएका दुर्व्यवहारहरूलाई पर्दाफास गर्दै एम्नेस्टी इन्टरनेसनलले सन् २०२३ मा प्रकाशन गरेको प्रतिवेदन पछि एम्नेस्टीको यो प्रतिवेदन सार्वजनिक भएको हो। यस प्रतिवेदनमा पनि अघिल्लो प्रतिवेदनमा नै उल्लेख गरिएको एउटा श्रम आपूर्ति कम्पनीको संलग्नता रहेको देखिएको छ। यो पछिल्लो अनुसन्धान नेपाल, भारत र पाकिस्तानका १७ जना पुरुषले दिएको अन्तर्वार्ता र जानकारीमा आधारित छ। उनीहरू सबैले रियाद, दमाम र जेद्दाहका विभिन्न क्यारेफोर साइटहरूमा सन् २०२१  देखि  २०२४ सम्म काम गरेका थिए। उनीहरूमध्ये लगभग सबै श्रमिक आपूर्ति कम्पनीहरूद्वारा काममा लगाइएका छन् वा थिए र उनीहरूलाई माजिद अल फुट्टैमसँग करार अनुबन्धित गराइएको छ।

रोजगारी सुनिश्चित गर्नका लागि श्रमिकहरूले आफ्नो देशमा भर्ती एजेन्टहरूलाई औसत ज्ञ,द्दण्ण् अमेरिकी डलर शुल्क तिरेका थिए र त्यसो गर्नका लागि उनीहरूले प्रायः उच्च ब्याजदरमा ऋण लिएका थिए। तर साउदी कानून र माजिद अल फुट्टैमको आफ्नै नीतिहरूले पनि शुल्क लिन निशेध गरेको छ।

अन्तर्वार्ता लिइएका लगभग सबै श्रमिकहरूलाई साउदी अरबमा गर्नुपर्ने श्रमको प्रकृति र पारिश्रमिकको बारेमा एजेन्टहरूले कहिलेकाहीँ त श्रम आपूर्ती कम्पनीहरूको समेत संलग्नतामा दुष्रप्रभावमा पार्ने र छक्याउने कार्य गरिएको थियो। वा उनीहरूलाई अन्तर्राष्ट्रिय कम्पनीहरूले सिधै काममा भर्ना गरेको विश्वासमा पारेर फसाइएको थियो। श्रमिकहरूलाई दुर्व्यवहार गर्नमा कुख्यात साउदी अरबका आपूर्ति कम्पनीहरूले आफूलाई काममा लगाउने कुरा धेरैले भर्ना शुल्क तिरेपछि मात्रै थाहा पाएका थिए जुन समयसम्ममा धेरैले आफूले तिरेको पैसा फिर्ता पाउन सकेनन् र त्यसपछि उनीहरूले पछि हट्न नसकिने महसुस गरे।

साउदी अरबमा ती श्रमिकहरूले कठोर परिश्रम र लगातार कम पारिश्रमिक पाउने समस्याको सामना गरे। उनीहरूले नियमित रूपमा दैनिक २० किलोमिटरभन्दा बढी हिँड्नुपर्ने र हप्तामा ६० घण्टासम्म काम गर्नुपर्ने, कहिलेकाहीं विशेष गरी ‘तलब सप्ताह’ र रमजानको महिना जस्तो व्यवसायिक कारोबार धेरै हुने समयमा दिनको १६ घण्टासम्म श्रम गर्नुपर्ने स्थितिको विवरण दिए। साउदी अरबको कानुन र माजिद अल फुट्टैमको नीतिहरूको उल्लङ्घन गर्दै सुपरमार्केट, गोदाम वा ‘डार्क स्टोर’ का प्रबन्धकहरूले कहिलेकाहीं उनीहरूको साप्ताहिक आराम बिदालाई समेत रद्द गर्ने गरेको श्रमिकहरूले बताए।

आनन्द८ नाम गरेका एकजना गोदामका पूर्व ‘पिकर’ ले एम्नेस्टीलाई भने स् “क्यारेफोर स्टोरहरूभित्र श्रमिकहरूलाई मानवजस्तो व्यवहार गरिँदैन। उनीहरू श्रमिकलाई जनावरजस्तै व्यवहार गर्छन्। उनीहरू खालि ‘यल्लाह, यल्लाह’ (चाँडो गर, चाँडो गर) भन्छन्। हामीलाई छिटो काम गराउन हाम्रो टि-शर्टमा समात्छन्।”

धेरै श्रमिकहरूले राष्ट्रिय कानुन र कम्पनीको नीतिअनुसार अतिरिक्त समयको उचित पारिश्रमिक नपाउनु नै उनीहरूको अनुभवको सबैभन्दा गाह्रो पक्ष भएको बताए। परिणामस्वरूप, उनीहरूलाई प्रायः महिनामा दर्जनौं अतिरिक्त घण्टाको तलब दिन इन्कार गरियो, जुन प्रत्येक वर्ष सयौं डलर बराबरको रकम हुन्थ्यो।

श्रम आपूर्ति गर्ने कम्पनीहरूले उपलब्ध गराएको आवास प्रायः फोहोर र भीडभाडयुक्त हुन्थ्यो जुन माजिद अल फुट्टैमका मापदण्ड विपरीत थियो। एउटा कोठामा छ वा आठजना गरेर उनीहरू सुत्ने गरेको श्रमिकहरूले बताए। एकजनाले त यसलाई “गाईको गोठजस्तै” भनेर व्याख्या गरे।

करारमा अनुबन्धित श्रमिकहरूले एउटा डरको संस्कृतिको बारेमा व्याख्या गरे। क्यारेफोरका कार्यस्थलमा प्रबन्धकहरूसँग प्रत्यक्ष रूपमा गुनासो उठाउने श्रमिकहरूले उनीहरूको गुनासो बेवास्ता गरिएको वा त्यहाँ गुनासो गर्नु सट्टा श्रम आपूर्ती कम्पनीहरूसँग सो कुरा उठाउन भनिएको बताए। यस्तो आवाज उठाउने केही श्रमिकहरूले आपूर्ति कम्पनी वा क्यारेफोर कार्यस्थलका प्रबन्धकहरूबाट प्रतिशोधको अनुभव गरे। यसले अरूलाई चुप लगाउन बाध्य पार्यो। माजिद अल फुट्टैमले “असल नियतका साथ व्यक्त गरिएको सरोकार” साझा गर्ने जो कोही विरुद्ध प्रतिशोध साँध्ने कार्यलाई निषेध गरिएको भनेर एम्नेस्टी इन्टरनेसनललाई बताएको भए पनि अतिरिक्त समय काम गर्न अस्वीकार गरेमा तलब नदिने वा जागिरबाट हटाइदिने धम्की दिइने गरेको श्रमिकहरूले बताए।

बाबुरामले एम्नेस्टी इन्टरनेसनललाई बताए: “त्यति लामो समयसम्म काम गर्न गाह्रो थियो। तर प्रबन्धकले मलाई कामबाट जानै दिदैंन थिए ‘ ‘तैँले अर्डर प्रक्रिया पूरा गर्नुपर्छ र मात्र त्यसपछि जान सक्छस्’, उनी भन्थे। म के नै गर्न सक्थे ररु यदि हामीले १५ घण्टा काम गरेनौं भने उसले भन्थ्यो, ‘म तलाई कामबाट निकलिदिन्छु। म तेरो अतिरिक्त समयको भुक्तानी पनि दिन्न।”

यी कार्यस्थलहरूबाट “बर्खास्त” भएमा श्रमिकहरू श्रम आपूर्ति कम्पनीले नयाँ काम नखोजिदिएसम्म “बेरोजगार” बन्न सक्थे। आपूर्ति कम्पनीहरूले नयाँ काम खोज्न पनि अक्सर हप्तौं वा महिनौं लगाउन सक्थे। यस अवधिमा, श्रमिकहरूले न आपूर्ति कम्पनीबाट कुनै आम्दानी पाउँथे, न साउदी अरेबियाको राज्यबाट कुनै सहयोग।

गोपालले भने “यदि मैले गुनासो गरेको भए जागिर गुमाउन सक्थें। त्यही भएर मैले गुनासो गर्न सकिन। एक पटक १४ या १५ श्रमिकहरूले यसको बारेमा गुनासो गरे र उनीहरूलाई कामबाट निष्कासित गरियो। जब कुनै श्रमिकले जागिर गुमाउँछ, आपूर्ति कम्पनीले उसलाई चार देखि पाँच महिनाका लागि बेरोजगार बनाउँछ।”

जबर्जस्ती श्रमको उच्च जोखिम

एम्नेस्टी इन्टरनेसनले अन्तर्वार्ता लिएका श्रमिकहरूको अनुभवले साउदी अरेबियामा क्यारेफोर समूहको फ्रेन्चाइज सञ्चालनहरूमा जबर्जस्ती श्रमका दुई मुख्य तत्वहरू रहेको देखिएको छ – अनैच्छिक काम र सजायको धम्की।

क्यारेफोर समूहका नीतिहरूले उ आफ्नो जिम्मेवारीप्रति सजग रहेको स्पष्ट पारेको र आफ्ना फ्रेन्चाइज र आपूर्तिकर्ताहरूको हकमा समेत अन्तर्राष्ट्रिय मानवअधिकारका मापदण्डहरूको पालनाका लागि प्रतिबद्धता जनाएको भएपनि एम्नेस्टी इन्टरनेसनलको अनुसन्धानले यसका समुचित सावधानीका प्रक्रियाहरू पूर्ण रूपमा अपर्याप्त रहेको देखाउँछ। यो अवस्था साउदी अरेबियामा जबर्जस्ती श्रमलगायतको श्रम दुर्व्यवहारको गाम्भीर्यता र आवृत्ति व्यापक र राम्ररी दस्तावेजिकरण गरिएको तथ्यका बावजुद देखिएको हो।

“केही सुधारहरूका बावजुद साउदी अरबका आप्रवासी श्रमिकहरूलाई कफाला प्रणालीअन्तर्गत शोषण गरिएको, न्यूनतम ज्यालाको प्रत्याभूति नभएको र ट्रेड युनियनहरूमा सामेल हुन वा गठन गर्न निषेध गरिएको कुरा सबैलाई राम्ररी थाहा छ। आफ्ना श्रमिकहरूलाई शोषणविरुद्ध संरक्षण प्रदान गर्न विफल भएको सवालमा क्यारेफोरका लागि कुनै पनि बहानावाजी हुन सक्दैन र श्रमिकले पाउनुपर्ने क्षतिपूर्ति दिन अस्वीकार गर्नुको उसँग कुनै उचित कारण छैन,” मार्ता शाफले भनिन्।

“साउदी अरबमा शोषणको उच्च जोखिमताले त्यस देशको श्रम प्रणालीमा मौलिक सुधार गर्नुपर्ने निर्वावाद आवश्यकतालाई उजागर गर्दछ। आईएलओको गभर्निंङ्ग निकायले श्रमिकहरूको अधिकार उल्लङ्घनमा तुरुन्तै छानबिन सुरू गर्नुपर्छ र साउदी अरबले आफ्ना श्रम कानून र अभ्यासहरूलाई पूर्ण रूपमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप बनाएको सुनिश्चित गर्नुपर्छ।”

एम्नेस्टी इन्टरनेसनलका निष्कर्षहरूको जवाफमा क्यारेफोर ग्रुप र माजिद अल फुट्टैमले साउदी अरबमा आप्रवासी श्रमिकहरूको उपचारबारे आन्तरिक अनुसन्धान सुरू गरेको बताएका छन्। क्यारेफोर ग्रुपले भने आफ्ना फ्रेन्चाइज साझेदारहरूको सञ्चालनहरूको तेस्रो(पक्षीय अनुसन्धानका लागि निर्देशन पनि दिएको छ। एम्नेस्टी इन्टरनेसनलले यस विषयमा पहिलोपटक ध्यानाकर्षण गराए यता श्रम दुर्व्यवहारहरूमा सुधारका लागि चालिएका कदमहरूको बारेमा माजिद अल फुट्टैमले विस्तृत विवरण उपलब्ध गराएको छ। उक्त सुधारका कदमहरूमा केही श्रमिकहरूलाई नयाँ आवासमा सार्नेस अतिरिक्त समय काममा लगाउने नीतिको पुनरावलोकन र श्रमिक भर्ना शुल्कमा प्रतिबन्ध लगाउनेस नयाँ आपूर्तिकर्ताहरूको छानबिन बढाउने र कर्मचारीहरूलाई हटलाइन सेवाको पहुँचमा सुधार गर्ने लगायतका विषयहरू समावेश छ।

“हामीले यी दुवै कम्पनीका आपूर्तिकर्तामध्ये एकको बारेमा गत वर्ष नै हाम्रो अनुसन्धान सार्वजनिक गरिसकेको भए पनि किन दुवै कम्पनीहरूले सन् २०२४ को मध्यमा एम्नेस्टी इन्टरनेसनलले सचेत गराउनु अघि लामो समयदेखि भइरहेका शोषणहरूको पहिचान गर्न वा सम्बोधन गर्न सकेनन् भन्ने सवालमा भने गम्भीर प्रश्नहरू रहेका छन्। दुवै कम्पनीले अहिलेसम्म भर्ती शुल्क फिर्ता गर्न वा श्रमिकहरूले भोगेका क्षतिका लागि क्षतिपूर्ति दिन प्रतिबद्धता जनाएका छैनन्,” मार्ता शाफले भनिन्।

श्रमिकहरूको नाम परिवर्तन गरिएको छ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार