पाँच वर्ष पुरानो लाभांश बुझिलिन हिमालयन एभरेष्ट इन्स्योरेन्सको आग्रह

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले पाँच वर्ष पुरानो लाभांश लिन सम्बन्धित शेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीले मंगलवार सूचना जारी गर्दै अघिल्ला पाँच वर्ष पुरानो लाभांश रकम आगामी ३५ दिनभित्र बुझ्न आग्रह गरेको हो ।

साविक हिमालयन जनरल इन्स्योरेन्स तथा एभरेष्ट इन्स्योरेन्स कम्पनीका शेयरधनीहरुलाई पाँच वर्ष पुरानो लाभांश बुझ्न कम्पनीले भनेको हो । तोकिएको अवधिभित्र आफ्नो नगद लाभांश नबुझे लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने जानकारी समेत कम्पनीले दिएको छ ।

नगद लाभांश सम्बन्धित शेयरधनीहरुको बैंक खातामा जम्मा गरिने भएकाले हालसम्म पनि आफ्नो बैंक खाता नम्बर अद्यावधिक नगराएका शेयरधनीहरुले यथासिघ्र गराउन पनि कम्पनीले आग्रह गरेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार