करिब २६ अंकले नेप्से बढ्दा कारोबार रकम खुम्चियो

काठमाडौं । निरन्तर दुई दिन घटेको शेयर बजारमा मंगलबार सुधार देखिएको छ । मंगलबार नेपाल स्टक एक्सचेन्ज , नेप्से परिसूचक २५.८८ अंकले बढेर २६६५.८१ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४.४७ अंकले बढेर ४८०.७१ विन्दुमा पुगेर बन्द भएको छ । मंगलबार कारोबार रकम भने घटेको छ ।

मंगलबार ३१४ वटा कम्पनीको १ करोड ९ लाख ६२ हजार कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम भने ४ अर्ब १७ करोड १६ लाख ६५ हजार रुपैयाँ रह्यो , जुन सोमबारको तुलनामा १ अर्ब ७२ करोड ९१ लाख २६ हजार रुपैययाँले कम हो । सोमबार ३१९ वटा कम्पनीको १ करोड ३८ लाख ६३ हजार कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम भने ५ अर्ब ९० करोड ७ लाख ९१ हजार रुपैयाँ रहेको थियो

मंगलबार १९९ वटा कम्पनीको शेयर मूल्य बढ्दा ४० वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ५ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

मंगलबार १३ वटा समूह सूचकहरुमध्ये सबै बढेको छ । बैकिङ ११, विकास बैंक ६५, वित्त ९७, होटल र पर्यटन २८, जलविद्युत ४५, लगानी ०.९७, जीवन बीमा ६३, उत्पादन र प्रशोधन १४८, लघुवित्त ३३, म्युअुचल फण्ड ०.५, र्निजीवन बीमा ७८, व्यापार ३२ र अन्य समूह २१ अंकले बढेको छ ।

मंगलबार सबैभन्दा बढी कारोबार हुनेमा गुडविल फाइनान्स, कुमारी बैंक, हिमालनय रिइन्स्योरेनस, पिपुल्स हाइड्रोपावर र नेपाल एसबीआई बैंक रह्यो । गुडविल फाइनान्सको १७ करोड ३२ लाख, कुमारी बैंकको १३ करोड ८० लाख, हिमालनय रिइन्स्योरेनसको १२ करोड २८ लाख, पिपुल्स हाइड्रोपावरको १० करोड ९९ लाख र नेपाल एसबीआई बैंकको ८ करोड ९३ लाख बराबर करोबार भयो ।

नोट :  हेडलाइन अन्यथा हुन गएकोमा सच्चाइएको छ । 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार