किन बसिरहेको छ ? सत्ता गठबन्धन दलको बैठक

काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीको आव्हानमा सत्तारुट दलको बैठक बसेको छ। केपी ओली सरकारको १०० दिन पुगेको अवसरमा प्रधानमन्त्रीले प्रगति बिवरण सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । सोही विषयमा छलफल गर्न सत्तारुढ दलको बैठक बसेको बुझिएको छ ।

वैठकमा राजनीतक दल विभाजन सम्वन्धि अध्यादेसको बिषयमा पनि छलफल हुन सक्ने छ । प्रधानमन्त्रीले सार्वजनिक रुपमा दल विभाजन सम्वन्धि अध्यादेश ल्याउने सरकारको तयारी नभएको बताए पनि सत्ता घटक दलमा अध्यादेशको बिषयमा सहमति जुटेको छैन ।

वैठकमा बिपक्षि दलले दैवी प्रकोपमा सरकारले उद्दार राहत र पुन:निर्माणमा सरकारले काम गर्न नसकेको भनि वुझाएको ज्ञापन पत्र र घोषित संघर्षका कार्यक्रममा पनि छलफल हुने छ । सत्ता घटक दलले सरकारको प्रभावकारीतामा पश्न उठाउँदै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छन् । उनीहरुले संसदको विषेश अधिबेशन बोलाउन माग गर्न सांसदको हस्ताक्षर संकलन अभियान सुरु गरेका छन् ।

आजको सत्ता गठबन्धन दलको वैठकमा बिपक्षि दलको बैठकमा सहभागी भएका नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेठ्ठ र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुर पनि सहभागी भएका छन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार