नबिल बैंकको नाफा २ अर्ब बढी

काठमाडौं । नबिल बैंक लिमिटेडको नाफा बढेको छ । बैंकले बुधवार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणले उक्त कुरा बताएको हो ।

नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा २ अर्ब ५ करोड ६५ लाख रुपैयाँखुद नाफा कमाएको छ । यो नाफा गत वर्षको यसै अवधिको तुलनामा ३९.९७ प्रतिशतले बढी हो । अघि वर्ष बैंकले जम्मा १ अर्ब ४६ करोड रुपैयाँनाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा ३६.०९ प्रतिशतले वृद्धि हुँदा २ अर्ब ८९ करोड रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो सञ्चालक आम्दानी बैंकले २ अर्ब १२ करोड रुपैयाँगरेको थियो । तथापि, यसअवधिमा बैंकको खुद ब्याज आम्दानी भने ०.८१ प्रतिशतले घटेको छ ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा दर (एनपीएल) १.५८ प्रतिशत विन्दुबाट घटेर १.४२ प्रतिशतमा झरेको छ ।

२७ अर्ब ५ करोड ६९ लाख रुपैयाँकूल चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३० अर्ब ५ करोड रुपैयाँ रहेको छ । पहिलो त्रैमासम्मको आर्थिक स्थितिमा बैंकको प्रतिसेयर आम्दानी ८ रुपैयाँ५२ पैसाले बढेर २९ रुपैयाँ८३ पैसा कायम भएको छ भने प्रतिसेयर नेटवर्थ २२९.४८ पुगेको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार