लुम्बिनी विकास बैंकको नाफा १७ प्रतिशतले बढ्यो

काठमाडौं । लुम्बिनी विकास बैंकको नाफा १७ प्रतिशतले बढेको छ । बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै उक्त कुराको जानकारी दिएको हो । उक्त वित्तीय विवरणअनुसार चालू आवको पहिलो त्रैमासमा २० करोड १९ लाख नाफा कमाएको छ । जुन नाफा गत आवको पहिलो त्रैमासको तुलनामा १६ दशमलव ५६ प्रतिशत बढी हो । गत आवमा बैंकले १७ करोड ३२ लाख नाफा कमाएको थियो ।

चालू आवमा बैंकको सञ्चालन नाफा र खुद ब्याज आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न पुगेको हो । सञ्चालन नाफा गत आवको तुलनामा चालू आवमा १६.२० प्रतिशत र खुद ब्याज आम्दानी ६.४६ प्रतिशत वृद्धि भएको छ ।

गत आवमा बैंकको सञ्चालन नाफा २५ करोड २६ लाख रहेकोमा चालू आवमा २९ करोड ३५ लाख रहेको छ । त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी गत आवमा ४३ करोड १८ लाख रहेकोमा चालू आवमा ४५ करोड ९८ लाख रहेको छ ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ । गत आवमा बैंकको प्रतिशेयर आम्दानी २० रुपैयाँ ४९ पैसा रहेकोमा चालू आवमा २२ रुपैयाँ ९७ पैसा रहेको छ ।

पहिलो त्रैमासमा कम्पनीको वितरणयोग्य नाफा ३० करोड ९६ लाख छ । बैंकको चुक्ता पूँजी ३ अर्ब ५१ करोड छ । बैंकले पहिलो त्रैमासमा जगेडामा ३ अर्ब ८ करोड र रिटेन्ड अर्निङमा ३० करोड ९६ लाख सञ्चिति गरेको छ । सो अवधिमा बैंकको मूल्य आम्दानी अनुपात २१ दशमलव ८१ गुणा र प्रतिशेयर नेटवर्थ १९६ रुपैयाँ ७९ पैसा रहेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार