एमालेलाई दिएको जग्गाविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौं । सर्वोच्च अदालतमा भाटभटेनी सुपरमार्केटका सञ्चालक व्यवसायी मीनबहादुर गुरुङबाट नेकपा एमालेलाई प्राप्त जग्गाविरुद्ध रिट दर्ता भएको छ ।

अधिवक्ता डा. ज्ञानबहादुर बस्नेतसमेतले दायर गरेको रिट सर्वोच्च प्रशासनले दरपीठ गरेपनि न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले त्यो निर्णय बदर गर्दै दर्ता गर्न आदेश दिएको हो । सोहीअनुसार दर्ता भएको रिट भोलिका लागि पेसी तोकिएको छ ।

अधिवक्ता बस्नेतले रिटमा गुरूङ र एमाले पार्टी कार्यालयलाई विपक्षी बनाएका छन् । उनले रिटमा भ्रष्टाचार र सरकारी जग्गा व्यक्तिगत बनाउने अभियोग लागेका व्यवसायीबाट पार्टीले जग्गा दान लिने विषय कानूनको मर्मविपरीत भएको जिकिर गरेका छन् ।

भाटभटेनी सुपरस्टोरका सञ्चालक गुरुङले गत असोज २५ गते काठमाडौंको कीर्तिपुर-२, मैत्रीनगरमा नेकपा एमालेलाई केन्द्रीय कार्यालय भवन बनाउन १० रोपनी १४ आना जग्गा दिएको घोषणा गरेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओली र गुरुङ दम्पतीले भवनको शिलान्यास समेत गरेका थिए ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार