२० अंकले नेप्से घट्दा कारोबार रकम २ अर्बले बढ्यो

काठमाडौं । मंगलबार सुधार देखिएको शेयर बजार बुधबार खुम्चिन पुगेको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज , नेप्से परिसूचक २०.४१ अंकले घटेर २६४५.३९ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३.४५ अंकले बढेर ४७७.२६ विन्दुमा पुगेर बन्द भएको छ । बुधबार कारोबार रकम भने बढेको छ ।

बुधबार ३२४ वटा कम्पनीको १ करोड ५७ लाख ४२ हजार कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम भने ६ अर्ब २७ करोड ८९ लाख ५१ हजार रुपैयाँ रह्यो , जुन मंगलबारको तुलनामा २ अर्ब १० करोड ७२ लाख ८६ हजार रुपैययाँले बढी हो ।

मंगलबार ३१४ वटा कम्पनीको १ करोड ९ लाख ६२ हजार कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम भने ४ अर्ब १७ करोड १६ लाख ६५ हजार रुपैयाँ रहेको थियो ।

बुधबार बजार पूँजीकरण रकम भने ४२ खर्ब ६ अर्ब ४३ करोड ४८ लाख रह्यो ।

बुधबार ७६ वटा कम्पनीको शेयर मूल्य बढ्दा १५५ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने १३ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

बुधबार १३ वटा समूह सूचकहरुमध्ये ११ वटा समूह बढ्दा २ वटा समूह घट्यो । वित ७६ र व्यापार ९ अंकले बढ्दा बैकिङ २७, विकास बैंक ३५, होटल र पर्यटन ४९, जलविद्युत १७, लगानी ०.३८, जीवन बीमा ९२, उत्पादन र प्रशोधन २७, लघुवित्त १६, र्निजीवन बीमा ५५ र अन्य समूह ९ अंकले घटेको छ ।

बुधबार सबैभन्दा बढी कारोबार हुनेमा आइसीएफसी फाइनान्स, कुमारी बैंक, साहास उर्जा, समृद्धि फाइनान्स र हिमालयन डिष्टीलरी रह्यो ।

आइसीएफसी फाइनान्सको ४३ करोड ४४ लाख, कुमारी बैंकको २६ करोड ९७ लाख, साहास उर्जाको २६ करोड १७ लाख, समृद्धि फाइनान्सको २४ करोड ८४ लाख र हिमालयन डिष्टीलरीको १९ करोड ९० लाख बराबर करोबार भयो ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार