CLI

१५ प्रतिशत लाभांश पारितका लागि आशा लघुवित्तले बोलायो साधारण सभा

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले मंसिर ७ गते आफ्नो आठौँ वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ। कात्तिक ८ गते बसेको सञ्चालक समितिको बैठकले काभ्रेपलाञ्चोकस्थित होटल उग्रचण्डी, बनेपामा दिउँसो ३ बजे सभा गर्ने निर्णय गरेको हो।

सभामा आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदनसहित वित्तीय विवरणहरू पारित गर्ने, चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारणको विषय टुंग्याउनेछ। साथै, प्रस्तावित १५ प्रतिशत लाभांशको अन्तिम स्वीकृतिसमेत सभाले प्रदान गर्नेछ।

आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट कम्पनीले ६४ करोड १६ लाख १६ हजार रुपैयाँ चुक्तापूँजीको आधारमा १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। अघिल्लो वर्ष कुनै लाभांश वितरण नगरेको कम्पनीले यस वर्ष भने लाभांश वितरण गर्न लागेको हो। आर्थिक वर्ष ०७८/७९ मा कम्पनीले १४.२९ प्रतिशत बोनस शेयर र ०.७१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

साधारण सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव पनि पेस हुनेछ। यसका लागि सबै जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ। साधारण सभा प्रयोजनका लागि कात्तिक २५ गते कम्पनीले एक दिनको लागि बुक क्लोज गर्नेछ, जसअन्तर्गत कात्तिक २४ गतेसम्मका शेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

Leave Your Comment

Related News