कृति भेन्चर फण्डले आइपीओ ल्याउने

काठमाडौं । कृति भेन्चर फण्ड लिमिटेडको आठौं वार्षिक साधारण सभा २०८१मंसिर १४ गते ४:०० बजे दुसित प्रिन्सेस काठमाडौं, लाजिम्पाट, बस्ने भएको छ

साधारणसभामा साधारण प्रस्तावको रुपमा आर्थिक वर्ष २०८०/०८१ को संचालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने । आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षकको प्रतिवेदन सहितको वित्तीय विवरण, नाफा नोक्सान विवरण, नगद प्रवाह विवरण लगायत सम्पूर्ण वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्ने ।  कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आ.व. २०८१ / ०८२ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने । संचालक समिति सदस्य नियुक्ती सम्बन्धी मिति २०८१/०६/१४ गते संचालक समितिबाट भएको निर्णयलाई अनुमोदन गर्ने बिषयमा छलफल गरी निर्णय गर्ने प्रसताब रहेको  छ  ।

कम्पनीको विशेष प्रस्तावमा सर्वसाधारणलाई साधारण शेयरको प्राथमिक सार्वजनिक निष्काशन (IPO) जारी गर्ने । कम्पनी गाभ्ने/गाभिने ।दोभानखोला हाइड्रोपावर परियोजनामा प्रदान गरिएको ऋण रकमलाई पूँजीकृत गर्ने र बिबिध बिषयमा छलफल गरी पारित गर्ने छ  ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार