सत्ता समीकरण दलको बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता समिकरण दलको वैठक बोलाएका छन् । ओलीले  आज दिउँसो ३ बजे बालुवाटारमा सता समीकरणमा रहेका दलको बैठक बोलाएका हुन् ।

आजभन्दा २ दिन अघि पनि सत्ता समिसरण दलको वैठक वसेको थियो । सो वैठकले सत्ता समिकरण दल एक ढिक्का रहेको सन्देस प्रवाह गर्नुका साथै सहकारी ठगि, किर्ते, सम्पत्ति सुद्दिकरण, संगठित अपराधमा संसदीय छानबीन समितिको प्रतिवेनको आधारमा प्रहरी हिरासतमा रहेका रास्वपा सभापति एंव पुर्व गृह मन्त्री रबि लामिछानेको छानबिन र अनुसन्धानमा प्रहरी र अदालतलाई प्रभावित गर्न रास्वपाले जुन खालको सडक संघर्ष गरेको छ त्यसको बिरुद्द सत्ता घटक दलले छुट्टा छुट्टै बिज्ञप्ती जारी गर्ने भनि निर्णय गरेको थियो । सत्ता घटक दलले सो निर्णय मुताविक बिज्ञप्ती जारी गरेका छन् ।

बिपक्षि दलले सरकारको कामको  आलोचना सहित ज्ञापन पत्र बुझाउने देखी सडक संघर्ष गरिरहेका छन् ।

बिपक्षि दलले आन्दोलन का कार्यक्रम सहित सरकारको बिरुद्द अघि बढिरहेको बेला बस्न लागेको सत्ता घटक दलको बैठकलाई बिशेस प्राथमिकता साथ हेरिएको छ । यो बैठकले सत्ताको रणनीतिको बिषयमा छलफल गर्ने देखी प्रधान मन्त्री केपी शर्मा ओलीले ल्याउन लागेको राजनीतिक दल बिभाजन सम्वन्धि अध्यादेशमा पनि छलफल गरि एकरुपता कायम गर्ने बुझिएको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार