फेरि नयाँ रेकर्ड मूल्यमा सुन

काठमाडौं । दशैं पनि निरन्तर उकालो यात्रामा रहेको सुनको मूल्यले आज फेरि नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको मूल्य १ हजार ४०० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रति तोला एक लाख ६७ हजार ४०० रुपैयाँमा करोबार भइरहेको छ । शुक्रबार छापावाल सुनको मूल्य प्रति तोला १ लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको थियो ।

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदी प्रति तोला दुई हजार ८५ रुपैयाँमा करोबार भइरहेको छ । शुक्रबार चाँदी प्रति तोला दुई हजार ७० रुपैयाँमा कारोबार भएको थियो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार