रवि लामिछाेलाई दुर्व्यवहार गरियो भन्ने समाचार झुटो-कास्की प्रहरी

काठमाडौं । सहकारी ठगी प्रकरणमा  कार्तिक २ गते  क्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पुर्व गृहमन्त्री रवि लामिछानेमाथि हिरासतमा आदरार्थी शब्दको प्रयोग नगरेको, हिरासतमा दुर्व्यवहार गरेको भन्ने आरोपको कास्की प्रहरीले खण्डन गरेको छ।

जिल्ला प्रहरी कास्कीका नायब उपरीक्षक बसन्त कुमार शर्माले आज एक विज्ञप्ति जारी गर्दै उक्त आरोपबारे खण्डन गरेका हुन् ।  उनलाई सुर्य सर्शन सहकारी ठगीको बिषयमा छानबीन र अनुसन्धान गर्न भन्दै काठमाण्डौबाट पक्राउ गरेर कास्की लगिएको थियो । अहिले उनी पोखरास्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन्। उनलाई गत बिहिबार ७ दिन म्याद थप गरी प्रहरी हिरासतमा राखिएको छ ।

‘अदालतमा उपस्थित गराउँदा नेपाल प्रहरीका कर्मचारीले सम्मानित इजलासमा आदरार्थी शब्दको प्रयोग नगरेको, इजलासमा हतियार सहित प्रवेश गरेको, धम्काएको एवं प्रहरी हिरासतमा समेत दुर्व्यवहार गरेको भन्ने जस्ता भ्रामक, झुट्टा र अनुमानमा आधारित कपोकल्पित भ्रमपूर्ण विचारहरू टिकटकलगायतका सामाजिक सञ्जालहरुमा सम्प्रेषण भएको सन्दर्भमा यस जिल्ला प्रहरी कार्यालय, कास्कीको गम्भिर ध्यानाकर्षण भएको छ,कास्की पर्हरीले आज जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।

‘नेपालको संविधान एवं प्रचलित ऐन कानून बमोजिम फौजदारी न्याय प्रणालीका मूल्य मान्यताको अनुशरण गर्दै तथ्य एवं प्रमाणमुखी अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय, कास्की सदैव प्रतिबद्ध रहेको अनुरोध गर्दछ,’ प्रहरीले विज्ञप्तिमा भनेको छ, ‘त्यसैले कोही कसैले अनुमानका आधारमा भनेको, सुनेको तथ्यहिन कुराहरूलाई सम्प्रेषण नगरी सही, सत्य र तथ्यमा आधारित सूचना, समाचार र सन्देश मात्र सम्प्रेषित गरी दिनु हुन सम्पूर्णमा जिल्ला प्रहरी कार्यालय, कास्की हार्दिक अनुरोध गर्दछ।’

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार