तिहारमा देउसी- भैलो खेल्न मादल किन्नेको भिड

काठमाडौं । एमपञ्चक एंव तिहार  तिहार शुरु हुन केही दिन मात्रै बाँकी छ तिहार शुरु भएसँगै देउसी भैलोको  तयारीका मानिश लागेका छन्  । देउसीमा मादलको धुनमा नाचगान र रमाइलो हुन्छ । त्यसैले पनि अहिले काठमाडौंमा मादल किन्नेहरुको भीड छ । अन्य समयमा खासै खोजि नहुने मादल तिहारको समयमा भने किन्ने र बेच्नेहरुको घुइँचो लाग्छ । विभिन्न ठाँउबाट मादल किन्न काठमाडौं आइपुग्छन् । आफूलाई मन पर्ने मादल छानेर किन्ने र घर लगि तिहारमा रमाउने हेतुले टाढाबाट काठमाडौं मादल किन्न ग्राहकहरु आउने गरेका छन् । ओखलढुंगाको केत्तुकेबाट मादल किन्न आउनुभएका सुमन तामाङ गाउँ घरमा देउसी, भैलो खेल्नेलाई मादल अनिवार्य हुने र मादल बिना रमाइलो नहुने बताउछन् । त्यसैले पनि समूहका लागि मादल किन्न आएको बताउछन् । अन्य ठाउँमा भन्दा विष्णु म्युजिक सपमा राम्रो मादल पाइने भएकाले आफू काठमाडौं आएको उनले बताए । उनले आफूले विष्णु म्युजिक सपबाट तीन वर्ष यता मादल किन्ने गरेको बताए ।
उनले भमे, ‘गाउँ घरमा देउसी, भैलो खेल्नेलाई मादल चाहिन्छ । यसले रमाइलो पनि हुन्छ । मादल राम्रो पाइन्छ । म यहाँ आउन थालेको तीन वर्ष भयो । रितिरिवाज, संस्कृति जगेर्ना पनि भयो ।’

काठमाडौंको विष्णु म्युजिक सप सञ्चालन गर्दैआएका  व्यवसायी रिपबहादुर कुलले गत वर्षको तुलनामा यस वर्ष मादलको व्यापार राम्रो रहेको बताए ।उनी २५ वर्ष देखी काठमाडौंको वसन्तपुर क्षेत्रमा मादल व्यापार गर्दै आएका छन् उनले १३ सयदेखि १२ हजारसम्मका मादल आफूले पसलमा राख्ने गरेको बताए । यस वर्ष १५ सयको हाराहारीमा मादल बेच्ने आफ्नो लक्ष्य रहेको बताए। मादलको लागि काठ सहजै पाउने भएपनि छाला भने ल्याउन गाह्रो रहेको उनले बताएका छन्  ।
उनले भने ,‘तिहार आउँदैछ, मध्यम व्यापार भइरहेको छ । भर्खर शुरु हुँदैछ, ग्राहकहरु आइरहनुभएको छ । पहिलाको तुलनामा मादल राम्रै विक्री भएको छ । व्यापार अलि बढेकै हो । मैले २५ वर्ष जति भयो व्यापार गरेको । १३ सयदेखि १२ हजारसम्मका मादल छन् । काठ मकवानपुरतिरबाट ल्याउँछौँ । तिहारमा १५ सय वटा जति मादल बेचिन्छ होला । मादलको सामान छालाहरु ल्याउन गाह्रो छ । छाला फोहोर पनि भयो । नेपाली बाजा, लोकबाजा छ, सरकारले केही संरक्षणमा लागेको छैन । हामीले अन्तर्राष्ट्रिय स्तरमा पनि पुर्याउन जरुरी छ ।’

न्युज एजेन्सी नेपाल

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार