CLI

विकास बैंकहरुको खराब कर्जा बढ्यो

काठमाडौं । पछिल्लो समय विकास बैंक्हरुको खराब कर्जा (एनपिएल) कर्जा बढेको छ । विकास बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रमास (साउन देखि असोज) को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै सो कुराको जानकारी दिएका हुन् ।

मुलुकमा सञ्चालनमा रहेका १७ वटा विकास बैंकहरु मध्ये ११ वटा विकास बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुरुप खराब कर्जा बढेको हो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मुक्तिनाथ विकास बैंकको ३.१६ प्रतिशत, शाईन रेसुंगा डेभलपमेन्ट बैंकको ३.५० प्रतिशत , गरिमा विकास बैंकको ३.८२ प्रतिशत, लुम्बिनी विकास बैंकको ३.६९ प्रतिशत, कामना विकास बैंकको ३.९६ प्रतिशत, ज्योति विकास बैंकको ४.९८ प्रतिशत, महालक्ष्मी विकास बैंकको ४.९० प्रतिशत, साँग्रिला डेभलपमेन्ट बैंकको ४.६५ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकको ३.२१, सिन्धु विकास बैंकको ११.२९ प्रतिशत र कर्पोरेट डेभलपमेन्ट बैंकको ४.९५ प्रतिशत खराब कर्जा रहेको छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा मुक्तिनाथ विकास बैंकको १.४९ प्रतिशत, शाईन रेसुंगा डेभलपमेन्ट बैंकको २.५९ प्रतिशत , गरिमा विकास बैंकको २.६८ प्रतिशत, लुम्बिनी विकास बैंकको ३.४७ प्रतिशत, कामना विकास बैंकको ३.४८ प्रतिशत, ज्योति विकास बैंकको ३.७५ प्रतिशत, महालक्ष्मी विकास बैंकको ३.२८ प्रतिशत, साँग्रिला डेभलपमेन्ट बैंकको ३.२८ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकको १.९४, सिन्धु विकास बैंकको ४.२६ प्रतिशत र कर्पोरेट डेभलपमेन्ट बैंकको ४.८७ प्रतिशत खराब कर्जा रहेको छ । समीक्षा अवधिमा सम्पूर्ण बैंकहरुको खराब कर्जा बढेको छ । अर्थतन्त्र चलयमान हुन नसक्दा बैंकहरुको खराब कर्जा समेत उठ्न नसकेको बैंकरहरु बताउछन् ।

Leave Your Comment

Related News