काठमाडौं । आज राज्य व्यवस्था तथा सुशासन समितिले समितिको वैठक बोलाएको छ । मध्यान्ह १२:१५ बजेको लागि बोलाइएको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति, वैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफल हुन समितिको आजको कार्यसुचीमा रहेको छ ।
आजको समितिको वैठकमा प्रधानमन्त्री र केपी शर्मा ओली र गृह मन्त्री रमेश लेखक वैठकमा सहभागी हुने प्रधानमन्त्रीको सविवालयले जनाएको छ ।