रिडी पावर कम्पनीको वार्षिक साधारण सभा हुँदै, साझापावर कम्पनीको हकप्रदबाट प्राप्त लगानी स्वीकृति गर्ने

काठमाडौं ।

रिडी पावर कम्पनीले   २३ औं वार्षिक साधारण सभा २०८१ मंसिर ७ विहान ११:०० बजे होटल क्रिष्टल पशुपति, गौशाला, काठमाडौं मा बोलाएको छ ।

साधारण सभाको  प्रस्तावको रुपमा आ.व. २०८० / ८१ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखा परिक्षण प्रतिवेदन सहितको आषाढ ३१, २०८१ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वित्तिय विवरणहरु छलफल गरि स्वीकृत गर्ने, कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व. २०८१/८२ का लागि वाह्य लेखा परीक्षकको नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने,इवाखोला जलविद्युत आयोजनाको मर्मतको लागि लिइएको अल्पकालिन ऋण अनुमोदन गर्ने रहेका छन्

कम्पनीले  साधारण सभामा बिशेष प्रस्तावको रुपमा कम्पनीको स्वामित्व रहेको साझापावर कम्पनी लिमिटेडको कुल प्रस्तावित पुँजीको ५५ प्रतिशतका दरले हकप्रदबाट प्राप्त रु. ७७,४४,५०,६०० लगानी स्वीकृति गर्ने

कम्पनीको नियमकारी निकाय विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड कम्पनी रजिष्ट्रारको कार्यालय लगायतका नियामक निकायहरुमा कम्पनी अद्यावधिक गर्दा कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संसोधन आवश्यक भएमा आवश्यक कार्य गर्न कम्पनीको सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, कम्पनीको गाडी, स्काप लगायत अन्य शेयर सम्पतिहरु विक्री गर्नुपरेमा कम्पनीको सञ्चालक समितिलाई अख्तियारी दिने सञ्चालकको नियुक्ति अनुमोदन गर्ने लगायतका प्रस्ताव उपर छलफल गरी पारिग गर्ने छ ।

कम्पनीले साधारणसभाको प्रयोजनका लागि २०८१ साल कार्तिक २९ गते (एक दिन) शेयरको दर्ता किताब बन्द रहनेछ । २०८१ कार्तिक २९ गतेको अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोवार भई कायम रहेका शेयरधनीहरु मात्र यस कम्पनीको साधारण सभामा भाग लिन योग्य हुनेछन ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार