काठमाडौं । नेपालकै अग्रणी अनलाइन बजार, दराज नेपालले ८ कार्तिकका दिन आफ्नो विक्रेता सम्मेलन ललितपुर सानेपामा रहेको हेरितेज गार्देनमा सम्पन्न गरेको छ । ”ईम्पावरिंग सेलर्स, फ्यासिलिटेटिंग ग्रोथँ नाराका साथ आयोजान गरिएको उक्त कार्यक्रम मार्फत दराज नेपालले दराज प्लयाटफर्मको मेरुदण्डका रुपमा रहेका आफ्ना लगनशील विक्रेताहरूको सम्मान तथा तिनलाई प्रोत्साहन गर्ने उद्देश्यले लिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिका अध्यक्ष अब्दुल खानको उपस्थिती रहेको थियो । उनले कार्यक्रममा आफ्नो मनतब्य ब्यक्त गर्दै परिवर्तनशील डिजिटल युगसँग अनुकूल हुनु आजको नितान्त आवश्यकता रहेकोमा जोड दिए । कार्यक्रम मार्फत आगामी दिनहरूमा इ–कमर्स सम्बन्धी विषयहरू लगायत इ–कमर्स बिलबारे संसदीय समितिमा छलफल आवश्यकता परेमा, अध्यक्षले यसलाई अगाडि बढाउने र सहज बनाउने प्रतिबद्धता जनाए ।
कार्यक्रममा बोल्दै, दराज नेपालको प्रबन्ध निर्देशक आँचल कुँवरले दराजलाई आजका दि सम्म ल्याइपुर्याउनमा विक्रेताहरूको मुख्य भूमिका रहेको बताए । ”विक्रेताहरुको अथक मिहिनेत, परिश्रम, साथ र सहयोग नै दराजले पाएको यो सफलताको प्रखुख कारण हो”, उनले भनिन् ।
कार्यक्रममा दराज नेपालका चिफ लजिस्टिक्स अफिसर, सन्तोष बिष्ट, चिफ कमर्शियल अफिसर प्रविण रुक्शान र मार्केटप्लेस प्रमुख प्रशान्त बुर्लाकोटीले इ–कमर्समा विक्रेता पारिस्थितिको तन्त्र (ईको सिस्टम)को महत्त्व उजागर गर्दै दराज प्ल्याटफर्मको प्रगतिमा उल्लेख्य भूमिका रहेका सहायक रणनीतिहरूको बारेमा जानकारी दिए ।
कार्यक्रमको प्रमुख आकर्षणका रुपमा दराज प्लेटफर्ममा उत्कृष्टता प्राप्त गरेका १८ विक्रेताहरूलाई सम्मान प्रदान गर्नु थियो । सम्मानले तिनको नवप्रवर्तन, समर्पण र उच्चस्तरीय उत्पादन तथा सेवा उपलब्ध गराउने प्रतिबद्धताको प्रतिनिधित्व गरेको थियो ।
दराज सेलर समित क्याटगरि अवार्डका विजेताहरु :
- सेलर अफ दि ईयर २०२४ : मसलब्लेज (प्रोटिन नेपाल) र सेटाफिल
- कस्टमर च्वाइस अवार्ड : म्हिचा
- मनैदेखि नेपाली अवार्ड : नेपाल टि एक्स्चेन्ज
- दराज स्पेशल रिकग्निशन अवार्ड : आर एन ईलेक्ट्रोनिक्स
- टप न्यू एसएमई सेलर : ईकमर्स बजार
- टप ईमर्जिंग सेलर : एभरस्को
- टप सेलर— एफएमसीजी क्याटेगरी : बिराट हेल्थकेयर ईन्डस्ट्रिज
- फ्ल्याश सेल हिरो — एफएमसीजी क्याटेगरी :ज्यासमिन हाइजिन प्रडक्ट्स
- क्याम्पेन हिरो — एफएमसीजी क्याटेगरी : एयविबी
- टप सेलर — फेशन क्याटेगरी : शुज स्पट
- फ्ल्याश सेल हिरो — फेशन क्याटेगरी : ई—स्टोर्स
- क्याम्पेन हिरो— फेशन क्याटेगरी : फ्यानसेरा
- टप सेलर— ईलेक्ट्रोनिक्स क्याटेगरी : वानप्लस
- फ्ल्याश सेल हिरो—ईलेक्टोनिक्स क्याटेगरी : उक्स—एज
- क्याम्पेन हिरो — ईलेक्टोनिक्स क्याटेगरी : बोट ( टेलिटक )
- टप सेलर — लाईफस्टाइल क्याटेगरी : ई—मेला
- फ्ल्याश सेल हिरो— लाईफस्टाइल क्याटेगरी : एसपीएन‘स्
- क्याम्पेन हिरो — लाईफस्टाइल क्याटेगरी : कामाख्या डेकोर
दराज नेपाल, आफ्ना विक्रेताहरूलाई साथ—समर्थन प्रदान गर्दै सशक्तिकरणका लागि सदैव प्रतिबद्ध रहँदै आइरहेको छ । यसका लागि दराजले, ई–कमर्स क्षेत्रमा सफल हुन आफ्ना विक्रेताहरुलाई आवश्यक उपकरण तथा अवसरहरू प्रदान गर्न निरन्तर लागिपरेको छ । विक्रेता सम्मेलनले सम्मानलहरुलाई विगतका उपलब्धिहरुमा मात्र सिमित नराखेर, भविष्यका सहकार्य तथा साझेदारी सफलताहरूको आधारसमेत तयार गरेको कम्पनीको विश्वास छ ।