लिग–२ क्रिक्रेट: आठ महिना पछि नेपालको पहिलो जित

Garima_Business-Loan3

काठमाडौं । आईसीसी विश्वकप लिग-२ मा नेपालमा आठ महिनापछि पहिलो जित हासिल गरेको छ । नेपालले अमेरिकाको टेक्सास स्थित ग्राण्ड प्रेरीमा स्कटल्यान्डलाई ५ विकेटले पराजित गरेको छ । यसअघि नेपालले गत फेब्रुअरी १७ मा नेदरल्यान्ड्सलाई घरेलु भूमी टीयु क्रिकेट मैदानमा हराएको थियो ।

स्कटल्याण्ड माथि जित हासिल गरेसँगै नेपालको १० खेलमा पाँच अंक भएको छ ।

१५५ रनको लक्ष्य पछ्याएको नेपालले २९.५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा आरिफ शेखले ४२ बलमा ८ चौकासहित सर्वाधिक ५० रनको अविजित इनिङ खेले । गुलशन झा ३० बलमा ३ चौका र १ छक्कासहित २५ रनमा नट आउट रहे । छैटौं विकेटलाई यी दुई ब्याटरले ५१ बलमा ५७ रनको साझेदारी गरेका थिए ।

टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्ड ४१.४ ओभरमा १५४ रनमा अल आउट भएको थियो । टोलीका लागि मार्क वाटले ४० बलमा ३ छक्कासहित सर्वाधिक ३४ रन बनाएका थिए ।

नेपालका लागि सन्दिप लामिछानेले तीन विकेट लिए भने सोमपाल कामी, करण केसी र गुल्सन झाले समान दुई/दुई विकेट लिए ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार