सुनको मूल्य एक लाख ७० हजार ७००

काठमाडौं । सुनको भाउले दिन दिनै नयाँ रेकर्ड कायम गरेको छ । आज सुन २२०० रुपैयाँले बढेर हालसम्मको उच्च विन्दु एक लाख ७० हजार ७०० रुपैयाँ पुगेको छ । मंगलबार छापावाल सुन प्रति तोला एक लाख ६८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार चाँदी प्रति तोला २ हजार १२० रुपैयाँमा करोबार भइरहेको छ । मंगलबार चाँदी प्रति तोला दुई हजार १०५ रुपैयाँमा कारोबार भएको थियो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार