काठमाडौं । सुनको मूल्य हालसम्मकै महँगो भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज (बिहीबार) भएको वृद्धिपछि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । लक्ष्मी पुँजाको दिन सुनको मूल्य हालसम्मकै महँगो विन्दुमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपालीको दोस्रो ठूलो पर्व तिहारको अवसरमा सुनको मूल्यमा उच्च वृद्धि भई कीर्तिमान कायम गरेको छ । बुधबार प्रतितोला दुई हजार २०० रुपैयाँले बढेर एक लाख ७० हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ७१ हजार निर्धारण भएको छ । बुधबारको तुलनामा बिहीबार प्रतितोला ३०० रुपैयाँले बढेको हो ।
यस्तै चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेको छ । बुधबार प्रतितोला दुई हजार १२० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि दुई हजार ९० रुपैयाँ निर्धारण भएको छ ।