काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले वितरण गर्ने घरजग्गा कर्जामा वृद्धि भएको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको भदौसम्म बैंक तथा वित्तीय संस्थाहरुले घरजग्गा कर्जास्वरुप २ खर्ब ६२ अर्ब ८३ करोड रुपैयाँ वितरण गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २१ अर्ब ७८ करोड रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले घरजग्गा कर्जास्वरुप २ खर्ब ४१ अर्ब ५ करोड रुपैयाँ वितरण गरेको थियो ।
राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले घरजग्गा कर्जा वितरण बढाउदा समग्र व्यक्तिगत आवास कर्जा प्रवाह बढेको हो । चालु आर्थिक वर्षको भदौसम्म वाणिज्य बैंकले घरजग्गा कर्जास्वरुप २ खर्ब २२ अर्ब ४५ करोड रुपैयाँ वितरण गरेको छ । जुन गत आर्थिक वर्षको भन्दा १३ अर्ब ४ करोड रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा वािणज्य बैंकले घरजग्गा कर्जास्वरुप २ खर्ब ९ अर्ब ४१ करोड रुपैयाँ वितरण गरेको थियो ।
चालु आर्थिक वर्षको भदौसम्म विकास बैंकले घरजग्गा कर्जास्वरुप २९ अर्ब ६८ करोड ४० लाख रुपैयाँ वितरण गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ७ अर्ब ६१ करोड ८० लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा विकास बैंकले घरजग्गा कर्जास्वरुप २२ अर्ब ६ करोड ६० लाख रुपैयाँ वितरण गरेको थियो ।
चालु आर्थिक वर्षको भदौसम्म वित्त कम्पनीहरुले घरजग्गा कर्जास्वरुप १० अर्ब ६९ करोड ६० लाख रुपैयाँ वितरण गरेको छ । जुन गत आर्थिक वर्षको भन्दा १ अर्ब ११ करोड ७० लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा वित्त कम्पनीहरुले घरजग्गा कर्जास्वरुप ९ अर्ब ५७ करोड ९० लाख रुपैयाँ वितरण गरेको थियो । घरजग्गा बजार पूर्ण रुपमा चलयामान हुन नसक्दा पनि घरजग्गा वास कर्जाको माग बढेको हो । निजी आवास र घरजग्गाको कारोबार चलायमान नभए पनि आवास नागरिकको लागि अनिवार्य आवश्यकको वस्तु भएको हुदाँ कर्जा वितरण भने निरन्तर हुने सरोकारावालाहरु बताउछन् । आवास र जग्गाको माग निरन्तर हुन्छ अझै पछिल्लो समय सहरी क्षेत्रमा बसोबास गर्नेको संख्या बढ्दै जाँदा घरजग्गा कर्जाको मागले निरन्तरता पाएको बैंकरहरु बताउछन् ।