रबि लामिछानेलाई अदालत लगिदै, म्याद थप गर्ने प्रहरीको तयारी

काठमाडौं । सहकारी ठगीमा पक्राउ परेका पुर्व गृह मन्त्री तथा रास्वपा सभापति  रवि लामिछानेलाई आज तेस्रो पटक अदालतमा उपस्थित गराईदैछ । गत कार्तिक ३ गते पक्राउ परेका उनलाई सोही रात अनुसन्धानको लागि पोखरा पुर्याईएको थियो ।

गत आइतबारबाट अनुसन्धानका लागि भन्दै ६ दिन म्याद थपिएको दोस्रो पटक ७ दिन म्याद थपिएको मा तिहार दिदा भएकोले उनी प्रहरी हिरासतमा नै रहेका छन्  । कास्की प्रहरी र सिईबीको अनुसन्धान टोलीले सरकारी वकिलको उपस्थितिमा उनीसँग बयान लिईसकेको । प्रहरीले उनीसँग बयान सकेको भएपनि यहि केशमा अरु पनि सहभागी भएको र उनीहरुसँग बयान लिन बाँकी रहेको भन्दै पुन म्याद थप्ने तयारी गरेको छ । थप अनुसन्धान गर्न अदालतबाट म्याद थप गर्नु पर्ने हुन्छ । उनलाई प्रतिशोध पुर्ण रुपमा गिरफ्तार गरिएको भन्दै रास्वपा नेतृत्वामा पोखरामा सडक आन्दोलनमा छ । सडक आन्दोलनबाट अदालतलाई प्रभावमा पार्न खोजेको भन्दै उसको यो कदमको चौतर्फी बिरोध भएको छ । आज पनि म्याद थपे के गर्ने भन्ने बिषयमा रास्वपा टोलीको कुनै योजना रहेको छैन ।

रबि गिरफतार परेर छानबिनमा रहँदा रास्वपाले सडक आन्दोलन जारी राखेपछि सुर्य दर्शन सहकारीका बचतकर्ता पनि सडक आन्दोलनमा छन् । रास्वपा र रबिले प्रतिशोध पुर्ण पक्राउ भनेपनि सुर्य दर्शनका बचतकर्ताले भने यो न्यायको आन्दोलन भएको र यसमा कुनै दल बिषेशलाई ट्याग लगाउनु नहुने बताएका छन् ।

उनी बिरुद्द संगठित अपराघ, तिर्ते र सहकारी ठगिको बिषयमा अनुसन्धान भइरहेको  छ । उनलाई पोखरा पश्चात बुटवलमा पनि अनुसन्धान र बयानको लागि लैजाने प्रहरीको तयारी रहेको छ । उनी जस्तै बिषयमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका उनका पुर्व ब्यापार पार्टनर छबि बण्जाडे जोसीको पनि बुटवलमा बयान गरी पोखरा ल्याइएको छ । उनी दशै अघि नै गिरफ्तार भएका थिए । उनीहरुलाई संगठित अपराधमा अनुसन्धान गर्दा २ महिना सम्म प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न सक्ने कानुननी व्याबस्था छ ।

उनलाई कास्की अदालतले म्याद थपका लागि अनुमत नदिए उनको नानना रुपन्देही प्रहरीले पनि पक्राउ पुर्जी जारी गरेकाले रुपन्देही लैजान तयारी छ ।

रास्वपा नेतृत्वले यो आन्दोलन दल बिशेषको नभइ नागरिककको स्तस्फुर्त आन्दोनल बनाउन दलका झण्डा ब्यन नबोकी आन्दोलनको नेतृत्व गरिरहेका छन् । उनीहरु पहिला शालिकराम हत्या प्रकरणमा जसरी नागरिक तहबाट रबिलाई साथ दिएका थिए सोही अनुरुप यसपाली पनि नागरिकालाई सडकमा ल्याउन सकिन्छ र छानबिन र अनुसन्धानलाई प्रभावित गर्न सकिन्छ भन्ने रणनीति असफल जस्तो भएको छ । अहिले रास्वपा टोलीले स्तस्फुर्त आन्दोनमा आएका भनिएपनि पार्टी नेतृत्वले मातहत कमिटीलाई पोखरा केद्रीत आन्दोनमा सहभागि हुन परिपत्र नृ जारी गरेका छन् ।

सहकारी ठगिमा सरकारले अहिले सम्म ६ सय जना गिरफ्तार गरि अनुसन्धान गरेको छ । तर अहिले सम्म कोहीपनि सहकारी ठहगिमा सम्लग्नेले आन्दोलग गर्ने र प्रहरी, अदालतलाई दवावमा राख्न आन्दोलन गरेका छैनन  ।

रास्वपाले आज पनि पोखरा केन्द्रीत आन्दोलन भन्दै नेता कार्यकर्ता सडकमा उतार्ने तयारी गरेको छ । आन्दोलनका लागि भन्दै रास्वपा नेपा कार्यकर्ता पोखरा पुगेका छन् ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार