काठमाडौं । आज (मंगलबार)देखि सरकारी कार्यालयको दैनिक सेवा समय एक घण्टा कम हुने भएको छ । कात्तिक १६गतदेखि १५ माघसम्म सरकारी कार्यालयको बन्द हुने समय अन्य बेलाकोभन्दा एक घण्टा अघि हुने नियम छ । कार्तिक १६ गतेदेखि कात्तिक १९ गतेसम्म सार्वजनिक बिदा परेकाले कात्तिक २० गतेदेखि सरकारी कार्यालयसम्म ४ बजेसम्म मात्र खुल्ला रहनेछ ।
तीन महिना सरकारी कार्यलयहरु बिहान १० बजे खुल्ने र अपरान्ह ४ बजे बन्द हुनेछ । अन्य समय भने ५ बजेसम्म नै सेवा दिने गरी कार्यालयहरु खुल्छन् ।
सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर कार्यालय समय तोक्ने गर्छ । जाडो समयमा दिन छोटो हुने भएकाले सरकारले ३ महिना कार्यालय समय ६ घण्टाका लागि मात्रै तोकेको छ । अन्य समयमा भने सरकारले कार्यालय समय ७ घण्टा तोकेको छ ।