काठमाडौं । बिहीबार सुनको भाउ ह्वातै घटेको छ । सुन तोलामा ४ हजार रुपियाँ र चाँदीको मूल्य ५५ रुपियाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख ६४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रति तोला एक लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रति तोला एक हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रति तोला २ हजार १५ रुपैयाँमा कारोबार भएको थियो ।