तोलामा २०० रुपैयाँले घट्यो सून

काठमाडौं । बिहीबार सून चाँदीको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि सूनको मूल्यमा २ सय रुपैयाँ र चाँदीको मूल्यमा १५ रुपैयाँ घटेको हो । यो सँगै बिहीबारका लागि छापावाला सूचनको मूल्य एक लाख ३५ हजार आठ सय रुपैयाँ र तेजावी सूनको मूल्य एक लाख ३५ हजार एक सय ५० रुपैयाँ तोकिएको छ । बुधबार भने छपावाला सुन प्रतितोला एक लाख ३६ हजार रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ३५ हजार तीन सय ५० रुपैयाँ कायम गरिएको थियो । बिहीबार छापावाला सुन प्रति १० ग्राम एक लाख १६ हजार चार सय २५ रुपैयाँ र तेजावी सुन एक लाख १५ हजार आठ सय ६५ रुपैयाँ तोकिएको छ ।

त्यस्तै बिहीबारका लागि १५ रुपैयाँले घटेको चाँदीको मूल्य भने प्रतिोला एक हजार छ सय ५५ रुपैयाँ तोकिएको छ । बुधबार चाँदीको मूल्य भने एक हजार छ सय ७० रुपैयाँ तोकिएको थियो । बिहीबार १० ग्राम चाँदीको मूल्य भने एक हजार चार सय १९ रुपैयाँ तोकिएको छ । बुधबार प्रति १० ग्राम चाँदीको एक हजार चार सय ३२ रुपैयाँ कायम गरेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार